महन्थ-राजेन्द्र पक्षको साथ छोेडने धम्कीपछि राजकिशोर लाई मन्त्री उपहार
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीबाट थप एक जनालाई मन्त्री बनाएका छन्। ओलीले जसपा नेता राजकिशोर यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका छन्।
ओलीले यसअघि राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट दस जना मन्त्री बनाएका थिए।
यादव मन्त्री बन्न नपाएपछि रुष्ट बनेका थिए। आफूलाई मन्त्री नबनाए उपेन्द्र यादवको पक्षमा उभिने धम्कीपछि उनलाई मन्त्री बनाइएको चर्चा जसपाभित्र चल्न थालेको छ।