प्रेरक प्रसंगः पानीजहाजको मालिकलाई बुढो मेकानिकको जवाफ

शुक्रबार, २८ जेष्ठ २०७८

काठमाडौं– एक चोटि एउटा बिशाल पानी जहाजको इन्जिनमा खराबी आउँछ । सोको मर्मत गर्नको लागि जहाज मालिकले भए जतिका सबै मेकानीकहरूलाई बोलाउँछ तर कसैले पनि त्यसलाई मर्मत गर्न सक्दैनन ।

अन्त्यमा एउटा यस्तै ७०–७५ बर्षको एक बूढो मेकानिकलाई बोलाइन्छ । त्यो मेकानिक आएर राम्रोसँग जहाजको इन्जिन हेर्छ र आफ्नो पुरानो थोत्रो ब्यागबाट एउटा पेचकिला र ह्यामर निकालेर इन्जिनलाई फिक्स गरिदिन्छ। उक्त मेकानिकले काम गरेको जहाज मालिकले पनि बढो ध्यान दिएर हेरिरहेको थियो । अचम्म, जहाजको इन्जिन त एउटा पेचकिला कँस्दा बित्तिकै बन्यो ।

आफ्नो जहाजको इन्जिन बनेपछि जहाजको मालिकले उक्त बूढो मेकानिक लाई सोध्छ– दाई तपाईंको ज्याला कती भो ? मेकानिकले भन्छ– १००० डलर । हजार डलर ? के भन्नु भएको ? जाबो एउटा पेचकिला निकालेर कँसेको तपाईं १००० डलर लिने ? बूडो मेकानिकले भन्छ पेचकिला निकालेर कँसेको त १ डलर मात्र् हो तर कहाँनिर पेचकिला कँस्ने भनेर पत्ता लगाएको चाँही ९९९ डलर हो । मालिकले चुप लागेर उसको ज्याला दिन्छ ।