सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीले नटेरेपछि…
काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक वाइपास गरी निर्णय गर्दै आएका छन् भने सभामुख सापकोटाको आग्रहको पनि प्रधानमन्त्री ओलीले वेवास्ता गर्दै आएका छन् । यसैबीच, विघटित प्रतिनिधि सभाका सभामुख सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।
आज दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल बोलाएका थिए ।
सभामुखले बोलाएको बैठकमा नजाने प्रधानमन्त्री ओलीका एक सचिवालय सदस्यले पुष्टि गरे । यस्तो अवस्थामा बोलाएको बैठकमा नजाने टुंगो लागेको ति नेताले दाबी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा सहभागी हुन सभामुख सापकोटाले पत्र पठाएका छन् । दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन् । सापकोटाले यसअघि पनि पूर्व सभामुखसँग छलफल गरेका थिए । त्यस्तै उनले कानुनी र न्यायिक विज्ञसँग परामर्श गरेका थिए ।