स्वास्थ्य तथा सरसफाई अभियानलाई तिब्र पार्दै नेकपा कालिकोट
कालिकोट – नेकपा कालिकोटले स्वास्थ्य तथा सरसफाई अभियानलाई तिब्र बनाएको छ । जिल्लाको पचालझरना गाउँपालिका स्थित लाफामा स्वास्थ्य सम्वन्धी सचेतना मूलक कार्यक्रमसहित सबै परिवारलाई घरधुरीलाई साबुन र मास्क बितरण गरिएको छ ।
जिल्ला सेक्रेटरी रणदिप, जिल्ला कमिटी सदस्य तखत, युवा संगठन समिती सदस्य सरोज न्यौपाने, मनोज न्यौपाने, रुपन्देही जिल्ला कमिटी सदस्य लक्ष्मण न्यौपाने, एरिया कमिटी सदस्य रमेश न्यौपाने, ईलाका उपाध्यक्ष धर्म बराल लगायतका नेता कार्यकर्ताको उपस्थितीमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी रणदिपले बस्तु दिएर भन्दा पनि स्वास्थ्य सम्बन्धी चेतना दिनका लागि यो अभियान थालिएको बताए । स्थानीय निकाय एबं जनप्रतिनिधीहरु बजेट भुक्तानी र कमिसनको खेलो मेलोमा व्यस्त रहेको बेलामा नेकपाले यो अभियान थालेको उनको भनाई थियो । ‘हामी निकै खुसी छौँ’ लाफा नवबासी ८१ बर्षिय जयप्रसाद न्यौपाने भने, ‘नेकपाले यस्ता कार्यक्रमहरु ल्याएर आए सबै जनताको मन जित्ने छ ।’
यो अभियान जिल्लाभरी चलिरहेको जिल्ला सेक्रेटरी रणदिपले जानकारी दिए ।