पृथ्वी सुब्बा गुरुङले यस्तो ठोकुवा गरेपछि गण्डकी प्रदेशमा हलचल

आइतबार, ३० जेष्ठ २०७८

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट बाहिरिएका पृथ्वी सुब्बा गुरुङले गठबन्धन सरकारको आयु लामो नहुने ठोकुवा गरेका छन्। आइतबार बिहान पत्रकार सम्मेलन गरी गुरुङले नयाँ सरकारको आयु लामो नभएको दाबी गरेका हुन्।

शनिबार गठबन्धनका सांसदले गरेको क्रियाकलापप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। ‘कसैलाई दुई घण्टाअघि मुख्यमन्त्री बन्नलाई विधि विधान मिच्न मिल्छ? लोकतन्त्रमा विधि प्रक्रिया हुन्छ’, गुरुङले भने, ‘मुख्यमन्त्रीलाई त्यहीँबाट गलत्याउनुपर्छ भनी जंगली असभ्यता प्रदर्शन गरियो। दाबी गरिसकेपछि घेराबन्दी गर्न जरुरी थिएन।’

जुनसुकै बेला सरकार ढल्न सक्ने गुरुङको दाबीपछि विपक्षी गठबन्धन आन्तरिक छलफलमा जुटेको छ ।