निर्वाचन आयोगको निर्णयपछि बाबुराम भट्टराई आक्रोशित, गरे यस्तो ट्विट
काठमाडौं– जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोग निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार आयोगले जसपाको दुवै पक्षले गरेको कारवाहीको निर्णयलाई नदिने भन्दै जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवलाई नै आधिकारिकता दिने निर्णय गरेको थियो।
आयोगको यो निर्णय वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला भएको भन्दै भट्टराईले असन्तुष्टि जनाएका छन्।
सोमबार बिहान भट्टराईले ट्विट गर्दै आयोग निर्णयमा प्रधानमन्त्री केपि शर्मा ओलिलाई पनि जोडेका छन् ।
ञखड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्रस् कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू चोरलाई पनि मैले चोरेको हैन,उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह! भट्टराईले ट्विटमा भनेका छन्।