सेयर बजारमा ऐतिहासिक रेकर्ड, अब कति सम्म पुग्ला ?
काठमाडौँ – लगातार बढिरहेको सेयर बजारमा ऐतिहासिक रेकर्ड दर्ज भएको छ । सोमबार कारोबार सुरु हुँदा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक तीन हजार विन्दु पार गरी नयाँ रेकर्ड बनाएको हो। नेप्से परिसूचक तीन हजारभन्दा माथि पुगेको यो नै पहिलोपटक हो।
आइतबार २९८३.११ विन्दुमा पुगेर बनाएको रेकर्ड एक दिनपछि नै तोडिएको छ। यद्यपि, आज कारोबार बन्द हुँदासम्म परिसूचक कुन विन्दुमा अडिन्छ हेर्न बाँकी नै छ।
यो समाचार तयार पार्दासम्म परिसूचक ३०१६.७६ विन्दुमा कायम छ। उक्त अविधसम्म १० अर्ब २५ करोड ९४ लाख बराबरको कारोबार भइसकेको छ। आइतबार नेप्सेको इतिहासमै सबैभन्दा बढी १९ अर्ब ५५ करोडको कारोबार भएको थियो।