अब्राहम लिंकनका जीवन उपयोगी १० भनाई

सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं– अब्राहम लिंकनको जीवन सबैका लागि उपयोगी सावित भएको छ। उनले सफलता प्राप्त गर्न खेलेको भूमिका र गरेका संर्घष सबैका लागि प्रेरक छन् । उनले जीवनलाई सहज बनाउने केही कुरा भनेका छन् । जसले हामीलाई पनि सफल हुन सहयोग गर्छ ।

१. प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनताद्वारा गरिने शासन पद्दति हो ।

२. मलाई रूख ढाल्न ६ घण्टा देऊ र म पहिलो चार घण्टा बन्चरो उद्याउन लगाउनेछु ।

३. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ । ४० भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउँदछ । ५० मेरो चिन्तातिमीअसफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरताप्रति छ ।

६. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।

७. आफैमा विभाजित गृह कहिल्यै पनि माथि उठ्न सक्दैन ।

८. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैंभरी मूर्ख बनाउन सक्छौ, तर सबैलाई सधैंमूर्ख बनाउन सक्दैनौं ।

९. म अहिले जहाँ छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति रिणी छु ।

१०. म मेरी आमाका प्रार्थनाहरू अझै सम्झन्छु, जसले मलाई पच्छ्याइरहन्छन् । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।