किन यसरी मैदानमै भक्कानिएर रोए नेयमार ?

आइतबार, २७ असार २०७८

काठमाडौं– ४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनल खेलमा हारेर ट्रफी आफ्नै घरमा राख्न असफल भएपछि ब्राजिलका स्ट्राइकर नेयमार मैदानमै रोएका छन् ।

आइतबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनासँग हार्दै उपाधि जित्नबाट असफल भएपछि साविकको विजेता तथा आयोजक राष्ट्र ब्राजिलका नेयमार मैदानमै भक्कानिएर रोएका हुन् ।

रियो दि जेनेरियोस्थित मराकना स्टेडियममा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनालाई जिताउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२औँ मिनेटमा उनले गरेको गोल नै अर्जेन्टिनालाई उपाधि जिताउन निर्णायक बन्यो ।

खेलपछि उपाधि वितरण समारोहमा नेयमार रोएका हुन् । उनलाई सहकर्मी खेलाडीले सान्त्वना दिएका थिए ।