आज कति छ सुनको मूल्य ?
काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३१५ रुपैयाँ कायम भएको छ भने, सुन गत शुक्रबारकै मूल्य ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै कायम हुँदै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी गत शुक्रबार प्रतितोला अधिकतम एक हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।