सर्वाेच्चको फैसला स्वागतयोग्य : माधव नेपाल

सोमबार, २८ असार २०७८

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधि सभालाई जोगाउने काम गरेको भन्दै प्रतिनिधि सभा पुनःस्थापनाको फैसलाको स्वागत गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापनाको फैसला गरेपछि प्रतिक्रिया दिदै नेपालले सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताएका हुन् ।
नेता नेपालले सर्वोच्चको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको पनि उल्लेख गरे ।

संविधानको रक्षामा र मुलुकमा राजनीतिक स्थिरताका लागि सर्वोच्चको निर्णयले निकै राम्रो भूमिका खेल्ने नेता नेपालको भनाई छ ।