विपक्षी गठबन्धनको बैठक बस्दै

सोमबार, २८ असार २०७८

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिभसा विघटनलाई बदर र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पाँच दलीय विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ।

काँग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र समूह), एमाले (माधव समूह) र राष्ट्रिय जनमोर्चाको गठबन्धनको बैठक बस्ने भएको हो। यो गठबन्धनले ओली सरकारविरुद्ध सडक आन्दोलन गर्नेदेखि कानुनी लडाइँ लडेको थियो।

सर्वोच्चले सोमबार फैसला गर्दै गठबन्धनको माग बमोजिमकै फैसला गरेपछि नयाँ सरकार बनाउने विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन्। बैठक पाँच बजे सिंहदरबारमा बस्ने छ।