अन्ततः प्रधानमन्त्री देउवाले मारे बाजी, कति सांसदले दिए पक्षमा मत ?
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्।
आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ।
विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताए। देउवाले विश्वासको मत प्राप्त गरेको सभामुख सापकोटाको भनाइ छ।
आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए।
देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्।