ओली पक्षले माधव नेपाललाई दियो भौतिक कारवाहीको चेतावनी
काठमाडौं– नेकपा एमाले पार्टी एकतामा आउन आव्हान गर्दा पनि वरिष्ठ नेता नेपालले उल्टै अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरेको भन्दै ओली पक्ष रुष्ट बनेको छ । ओली पक्षले नेता नेपाललाई सकेसम्म मुखले सम्झाउने, नमाने ‘हातगोडाले पनि सम्झाउनुपर्ने’ स्थिति आउँन सक्ने भन्दैँ भौतिक कारवाहीको चेतावनी दिएको हो ।
शनिवार काठमान्डौमा युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रम युवा संघका इन्चार्ज समेत रहेका एमाले नेता बस्नेतले अध्य्क्ष केपी शर्मा ओलीले ‘आममाफी’ दिने घोषणा गर्दै माधव नेपालमाथि खनिएका थिए । उक्त चेतावनीपछि नेता नेपालको निवास वरिपरि पनि सुरक्षा व्यवस्था कडा पारिईएको बताईएको छ ।
अध्य्क्ष ओलीले ‘आममाफी भयो,अव आउनुस मिलेर काम गरौ’ भनेपछि वरिस्ठ नेता माधवकुमार नेपालले ‘बडामहाराज खुसि हुनुभएछ, हामीलाई आममाफी दिनुभएछ’ भनेर व्यंग्य गरेका थिए ।
‘प्रचण्डको पुच्छर बनेर,शेरबहादुर देउवाको वैशाखी बनेर कम्युनिष्ट आन्दोलनलाइ धरासायी बनाउन लाग्नुहुन्छ भने माधव नेपालको विरुद्ध यो युथ फोर्स लाग्दैन, माधव प्रवृतिको विरुद्द यो लाग्छ,’बस्नेतले भने पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुहोस भन्दा केपी कमरेडलाई बदमहर्ज्को संज्ञा दिनुभयो मुखले सम्झाउछौ, मलाई लाग्छ – मुखले सम्झाउदै काफी हुन्छ यदि मुखले सम्झाउदा मानेनन् भने कहिलेकाही हातगोडाले पनि सम्झाउनपर्ने हुन् सक्छ।’
यता एमाले केपी ओली समूहको लडाकु दस्ता युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्दै बस्नेतले एमाले फुटाउने गरी अध्यादेश ल्याए, ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरे तथा एमाले नेतालाई भ्रष्टाचारको आरोपमा पक्राउ गरे आगो बाल्ने चेतावनी दिएका छन् ।
बस्नेतले ओली सरकारले अध्यादेश ल्याउँदा लोकतन्त्रको दुहाई दिने काँग्रेसले एमाले फुटाउने अध्यादेश ल्याउन लागेको दाबी उनको थियो । बस्नेतले राष्ट्रपति विद्या भण्डारीविरुद्ध महाअभियोग ल्याउने तयारीमा सत्तारुढ गठबन्धन रहेको भन्दै उनले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
ओली सरकारका कामलाई निरन्तरता नदिए युथ फोर्सले प्रतिरोध गर्ने उनले बताए । यस्तै सरकारले पुरक बजे र नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषदको संख्या बढाउन संविधान संशोधन गर्ने प्रयास भए चुप लागेर नबस्ने चेतावनी दिए ।