सबैको मन जित्ने हुनुहोस्, संसार तपाईँले जित्नुहुनेछ

बुधबार, २७ साउन २०७८

काठमाडौँ – जीवनमा सफल हुने प्रत्येक व्यक्तिसँग एउटा अतिरिक्त कुरा हुन्छ । त्यो के भने उनीहरु जो सँग बोल्छन ती मान्छेहरुलाई लपक्कै आफूतर्फ आकर्षित गरेर छोड्छन् । एक जना होइन हजारौंलाई आफूतर्फ आकर्षित गर्न सक्छन् ।

हेर्दा मान्छे सामान्य तथा जीन गान्टे नै देखिए पनि कसैको क्षमता भयकर हुन्छ। अरुले नालायक, जीन गान्टे जस्तो नाम दिए पनि ऊ जीवनमा तीव्र गतीमा सफलताको सीढी तर्फ लम्कीरहेको हुन्छ। हजारौ व्यक्तिले उसले भनेको कुरा सुन्छन् । यसो गर भन्यो भने त्यही गर्छन् । के तपाइले भनेको मान्ने व्यक्तिहरु पनि हजारौं छन त ? एक जना किसानको छोरा मिठाइ किन्न जानुपर्दा घर भन्दा नजिकैको पसलमा नकिनेर त्यो भन्दा पल्लो टाढा पसलमा गएर मिठाइ किन्दथ्यो।

त्यो बच्चाको बाउले आफ्नो छोराको त्यो अनौठो व्यवहारलाई बडो गहिराइका साथ अवलोकन गरेको थियो । तर बच्चाको त्यो दिनको क्रियाकलापमा खासै केही बोलेन् । दिनहरु वित्दै गए। जब जतिबेला मिठाइ किन्नुपर्ने हुन्छ त्यो बच्चा आफ्नो घरको नजिकैको पसलमा मिठाइ नकिनेर पर पल्लो पसलमा बारम्बार गएको देख्दा किसानले बच्चालाई बोलाएरै साध्यो। किसान (बच्चाको बाउ) ले भन्यो, ‘बाबु, छोरा तिमी यो नजिकैको पसलबाट मिठाइ नकिनेर किन अर्को पसलमा जान्छौ ? त्यो पसल त झन् टाढा छ, तिमीले किन योनजिकैको पसलमा किन्दैनौ ? छोराले यसरी उत्तर दियो, ‘बाबा–बाबा यहाँको पसलको अकलले भन्दा त्यो पल्लो पसलको अकलले मलाइ बढि मिठाइ दिनुहुन्छ त्यसैले म त्यहाँ जान्छु।’

किसानलाई अचम्म लाग्यो र साँच्चै धेरै दिन्छ की दिदैन भन्ने कुरा बुझ्न चाहयो । उसले छोरालाई भन्यो छोरा यहाँ आउ, जाउ, तिमी गएर पल्लो पसलबाट एक किलो मिठाइ ल्याऊ अनि यो नजिकैको पसलबाट पनि एक किलो नै लिएर आऊ है। भन्यो र पैसा दियो। छोराले बाउले भने जस्तै दुवै पसलबाट एक–एक किलो मिठाइ। लिएर आयो । बाउले दुवै पसलको मिठाइ तौल गर्यो । उसले दुवै पसलको मिठाई बराबर नै पायो । फेरी छोरालाइ साध्यो, ‘छोरा तिमीलाई कसले धेरै मिठाइ दिया ।’ छोराले उत्तर दियो बाबा, ‘बाबा त्यही पल्लो पसलको अंकलले नै धेरै दिनु भयो ।’

बाउ चाही छक्क पर्यो । मिठाइ बराबर नै तर छोराले पल्लो पसललाइ नै मन पराउँछ कारण के हो त ? बुझ्नै पर्यो भनि छोरालाई सोध्यो, ‘छोरा मलाइ तिमी भन त्यो पल्लो पसलको अंकलले कति बढि दिन हुन्छ ? अनि यहाँको अंकलले कति कम दिनु हुन्छ ?’ छोराले उत्तर दियो, ‘बाबा, जब म मिठाइ किन्छु त्यो पल्लो पसलको अंकलले मलाइ थपीथपी दिनु हुन्छ तर यो पसलको अंकलले एक पटक राखी सकेको मिठाइ पनि २३ पटक झिकेर दिनु हुन्छ।’ त्यसपछि बाउले वास्तविकता बुझ्यो र मुर्छा परी परी हाँस्यो।

अतः मित्र बुझ्नै पर्ने कुरा के हो भने पसलमा पनि पसल गर्दैमा सवै व्यक्ति सफल हुदैनन् । पसल सफल गराउन पनि कला चाहिन्छ। कुनै न कुनै कुराले वा व्यव्हारले मान्छेको मन जिल सक्नु पर्दछ। थोरै मात्रामा पनि मन जित्न सकिन्छ भने मान्छे तपार्इको पछि नलाग्ने कुरै हुदैन् । वास्तवमा त्यो पल्लो पसलेले के गर्दो रहेछ ।

भने शुरुमा तौलमा मिठाइ कम राख्ने अनि तौल पुर्याउनको लागि थप्दै जाने । तौल पुर्याउन जति मिठाइ थप्दथ्यो बच्चालाई बढि दिएको अनुभव हुन्थ्यो । फेरी त्यो नजिकको पसलेले के गर्दथ्यो भने शुरुमै तौलमा दुइ किलो जति राख्ने अनि झिक्दै झिक्दै गरेर एक किलो तौल बराबर गरेर दिने गर्दथ्यो। वास्तवमा दुवै पसलेले दिने तौल एक किलो नै हुने गर्दथ्यो । एउटाले कम राखेर थप्थ्यो भने अर्कोले बढि राखेर झिक्दथ्यो। फरक त्यही नै थियो । तर त्यही समान कुराले पनि बच्चाको बुझाइलाई फरक पारेको थियो।

भाले परेवाले पोथी परेवाको पछाडी ङुरकी ङुरकी पोथीको मन जीते जस्तै तरीकाले मन जीत्ने भनेको होइन, अर्काको मन जीने तरीका पनि २ वटा हुन्छन् । पहिलो तरीका हो, त्यही भाले परेवाले पोथीको मन जीते जस्तो। वास्तवमा यस्तो मन जीताइमा मान्छेहरु दीर्घकालीन समयसम्म हामी तर्फ आकर्षित हुँदैनन् । उनीहरुलाई प्रत्येक पटक अर्थात समय–समयमा भाले परेवाले झै फकाइ–फकाई आकर्षित गर्नु पर्दछ। सयौ व्यक्तिलाई आकर्षित गर्नको लागि यो तरीका,खासै आकर्षक छैन् । दोस्रो तरिकाले भने एकै पटकमा सबैलाइ आकर्षित गर्न सक्छ जस्तै मोवाइल कम्पनीले एकै झड्कामा विज्ञापन गरेर सबैको मन एकै स्तरमा आकर्षित गरे जस्तो हो।

अतः सबैलाई मन जित्नको लागि सबैलाई मन पर्ने साझा योजना ल्याउनुपर्दछ । फेरी तपाइले भन्नुहोला म त गरीव छु त्यति ठूलो मोबाइल कम्पनि खोल्न सक्दिन तर चीन्ता नलिनुस् विशाल योजना देखि अति साना(साना व्यापारमा पनि यो नियम लागु हुन्छ। जस्तै अति सानो उदाहरण लिनु पर्दा साग व्यापार ।

यदि सागको व्यापार गर्ने व्यापारीले सफा धोएको र राम्रो साग कम नाफा लिएर वितरण गर्दछ भने मान्छे ऊ तर्फ आकर्षित हुन्छन् । एकै पटक जीवनमा सफल हुन खोज्नु भन्दा शुरुमा अरुको मन जीत्न तर्फ लागीयो भने सम्पुर्ण सफलताको जीवन तपाइकै हातमा हुन्छ, यसमा कुनै शङ्का छैन् । तर आजका धेरै मान्छे वर्वाद हुनाको कारण

आफ्नो व्यवहार अरुलाई मन परोस वा नपरोस त्यसमा केही मतलब नराख्ने पैसाको लागी नाता समेत तोड्न तयार हुने प्रत्तिले गर्दा हो। त्यो पसलेले बच्चालाई के नै बढि दिएको थियो र ? तर बच्चालाई सकरात्मक प्रभाव पर्यो। ठिक त्यस्तै तपाइले पनि अरुलाइ आकर्षित गर्न खासै ठूलो निति नियम ल्याउनु पर्दछ भन्ने होइन तर तपाइले गरेको व्यवहार बोलीमा मात्रै भए पनि प्रत्येकको मन जीने खालको होस् भन्ने हो ।

त्यसैले बोली गोली भन्दा पनि शक्तिशाली हुन्छ किनभने गोलीले केही व्यक्तिको मात्रै मन करकापमा जील्न सक्छ तर बोलीले हजारौंको मन तुरुन्तै जीत्नसक्दछ। अतः अर्काको मन जीत्नको लागि गोली होइन बोलीलाइ हतीयार बनाएर अगाडी बढ्ने व्यक्तिको जीत निश्चित छ।