१ कित्ताको ६ हजार पुग्ने कम्पनीको आईपीओ खुल्ला, कति भर्ने आवेदन ?

बुधबार, २७ साउन २०७८

काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि खुल्ने भएको छ । आज अर्थात साउन २७ गते विहान १० बजेदेखि आईपीओ निष्काशन तथा विक्री खुला खुल्ने भएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

निष्काशन गर्न लागेको आइपीओमध्ये ५ हजार ४६९ कित्ता अर्थात ५ प्रतिशत कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता अर्थात ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई घुट्याएको छ ।

आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।

आवेदकले यस आईपीओमा छिटोमा साउन ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते स्वीकृति पाएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

यो दोश्रो बजारमा यो कम्पनीको सेयर मूल्या प्रतिकित्ता ६ हजारसम्म पुग्ने अनुमान गरिएको छ । सप्लाई थोरै मुन र माग बढ्ने भएकाले कम्पनीमो मूल्य आकाशीने आँकलन गरिएको छ ।