माधव नेपाल छाडेपछि ओलीलाई भेट्न बालकोट पुगे घनश्याम भुसाल, ओलीले दिए यति ठूलो जिम्मेवारी

बुधबार, २ भाद्र २०७८

काठमाडौं – नेकपा एमाले फुटेपछि ओली गुटमा फर्किएका एमाले उपमहासचिव घनश्याम भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । नेपाल पक्षबाट यसअघि वार्ता गर्दै आएका उपमहासचिव भुसाल पार्टी अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

अध्यक्ष ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेको निकट स्रोतले जनाएको छ । भुसालले मंगलबार पनि ओलीलाई भेटेर माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।

एमाले विभाजन रोक्न सक्रिय रहेका दोस्रो तहका नेताहरुको तर्फबाट भुसालले ‌‌‌ओलीसँग १० बुँदे सहमति कार्यन्यवयन गर्दै अझै पनि एमाले विभाजन रोकेर माधव नेपाललाई फर्काउन सुझाव दिने समझदारी बनेको सो समूहका एक सांसदले बताए ।

नवौं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा भने उनलाई साथ दिएनन् । १० बुँदे सहमतिको कार्यन्वयन गराउने र तत्काल दुवै पक्षमा संलग्न नहुने रणनीति बनाएका नेताहरुको तर्फबाट भुसालले ओलीसँग वार्ता गरेका हुन् ।

वार्तामा ओलीले आफूसँग बसेकोमा झुसाललाई धन्यवाद दिएका छन् । ‘पार्टी एकताका लागि लामो संघर्ष गर्नुभयो । तपाईको मिहिनेतलाई खेर जान दिने छैन् ।’ ओली भुसालसँग भनेको कुरालाई उदृढ गर्दै श्रोतले भन्यो, ‘अबको पार्टी तपाईको जिम्मामा हुनेछ । बैचारिक रुपमा तपाई जतिकाृ नेता मैले एमालेमा देखेको छैन् ।’

उनको आसय आगामी महाधिवेशनबाट भुसाललाई महासचिव बनाउने भएको श्रोतको भनाई छ । तर भुसालले आफू अहिले पनि पार्टी एकताको पक्षमा रहेको छ । त्यसका लागि अध्यक्ष ओलीले महत्वपूर्ण कदम चाल्नपर्ने बताएका थिए ।