देउवा सरकारले पत्ता लगायो निर्मला पन्तको हत्यारा

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारले निर्मदा पन्तको हत्यारा पत्ता लगाएको छ । गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको हत्यारा पत्ता लागेको बताएका छन् ।

हत्याराको पहिचान भइसकेको र उनलाई छिट्टै पक्राउ गरिने मन्त्री खाँडको भनाई छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्त हत्यारा पत्ता लागेको बताएका हुन् ।

घटनाको अनुसन्धानमा तथ्य नजिक पुगेकाले अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको बताए ।

‘सरकार निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्यको नजिक पुगेको छ। अनुसन्धानको प्रक्रिया बाहिर ल्याउँदा अपराधी भाग्न सक्ने भएकाले पनि अनुसन्धान को अवस्था बाहिर नल्याइएको हो’ गृहमन्त्री खाँडले भने, ‘प्राप्त सूचना हेर्दा सत्य तथ्य छिट्टै पत्ता लाग्छ।’

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। तर उनको हत्यामा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

२०७५ साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको थियो।

राज्य व्यवस्था समितिले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ।