योगश भट्टराईलाई दशा लाग्यो

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौँ – नेकपा एमालेका सचिव योगश भट्टराईलाई दशाल लागेको छ । माधवकुमार नेपालको साथ छोडेर एमालेकै बसेको भट्टराईलाई दशा लागेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता योगेश भट्टराईमाथि ठूलो घात गरेका छन् । उनले योगेशलाई प्रवक्ताबाट हटाएर घात गरेका हुन् । यही विषयले उनलाई दशा लागेको हो ।

माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका योगेशलाई पार्टी प्रवक्ताबाट हटाइएको हो । एमालेमा समाहित भएलगत्तै २०७५ जेठ २ गतेकै संरचनामा पार्टी फर्किएको भन्दै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । तर दुई साता पनि नबित्दै योगेशको प्रवक्ता पद खोसिएको छन् ।

योगेश निराशमात्र बनेका छैनन्, नेपालको साथ छाडेकामा पछुताएका छन् । बिहिबार एमालेले दार्चुला तुईन प्रकरणबारे निकालेको विज्ञप्तिमा प्रवक्ता परिवर्तन गरिएको छ ।

उक्त विज्ञप्तिमा प्रदीप ज्ञवाली प्रवक्ता भएको जनाइएको छ । दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ ।