राजेन्द्र महतोले खोलिदिए केपी ओलीको पोल, १३ दिन मन्त्री हुँदा यतिसम्म भएको रहेछ
जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पोल खोलेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका ओलीको पोल खोलेका हुन् ।
मनोकामना युवा कमिटी जनकपुरधाम ११ ले आज बिहान आयोजित एक कार्यक्रममा नेता महतोलाई सम्मान गरेको थियो । सोही सम्मान कार्यक्रममा बोल्दै महतोले मद्येशका सम्पूर्ण मागहरु ओलीले पुरा गर्न खोजेको बताए ।
नेता महतोले भने, ‘देशमा राजनीतिक अवस्था एउटै छ, प्रधानमन्त्री कुर्सीको लडाई । कोही कुर्सी पाउन त कोही कुर्सीबाट हटाउने खेलमा लागेका छन् ।’
एमाले र काँग्रेस होस् वा माओवादी सबै कुर्सी खेलमा लागेको भन्दै नेता महतोले भने, ‘शोषण उत्पीडनको समस्या समाधान गर्न कसैको चासो छैन । हामीले सोचेका थियौं निर्वाचन भएपछि देशमा विकास हुन्छ । तर केही पनि भएन् ।’
उनले भने, ‘हामीलाई लागेको थियो गोली चलाएर लेखेको विभेदकारी संविधान संशोधन हुन्छ । तर, यसतर्फ कुनै गतिविधि अगाडी बढेन । यो चिन्ताको विषय हो ।’
नेता महतोले संकटमा परेका बेला केपी ओलीले मधेस आन्दोलनमा लागेका १३९ जनाको मुद्दा फिर्ता लिएको र अन्य माग सम्बोधन गर्न लागेकै बेला गडबड भएपछि रेशम चौधरी पनि रिहा हुन नसकेको बताए ।
केपी ओलीले संविधान संशोधन गर्नेदेखि हाम्रो झुटा मुद्धा सबै फिर्ता लिने विषयमा प्रक्रिया अगाडि बढाएका थिए । तर सरकार परिवर्तन भयो, अब गडबडी भयो ।