प्रेरक प्रसंग : जीवन आँटिला मानिसका लागि हो

आइतबार, २० भाद्र २०७८

काठमाडौँ – थियोडर रुजवेल्टको विश्वास थियो, जीवन आँटिला मानिसका लागि हो । यदि तपाई बाँच्ने इच्छा राख्नु हुन्छ भने कि तपाईं ठूलो बन्नुहोस् कि त केही पनि नबन्नुहोस् ।

तपाई बाटोमै हुनुहुन्छ भने तपाई कि त जीवनको दर्शक हुनुहुन्छ वा तपाई जीवनको मैदानमा वीर योद्धा बन्नुहुनेछ । माथि दिइएको उदाहरणले बताउँछ, टेडी रुजवेल्ट आफ्नो समयका किंवन्दती बन्न सफल भए ।

जसबाट उनमा जीवनलाई सम्पूर्ण रुपमा बाँच्ने सङ्कल्प रहेको देखिन्छ । त्यसैलाई ‘ठूलो जोखिम उठाऊँ’ भन्न सकिन्छ। अनि हामी पनि त्यही गर्नका लागि प्रोत्साहन गर्दछौं… ठूलो जोखिम उठाउनुहोस् । आलोचक महत्वपूर्ण हुँदैनन्, न त शक्तिशाली मानिस लर्खराउँछ भन्ने मानिस नै महत्वपूर्ण हुन्छ ।

श्रेय त्यस मानिसलाई जान्छ, जो साँच्चै मैदानमा रहेको हुन्छ, जसको अनुहार धूलो, पसिना र रगतले लत्पतिएको हुन्छ, जो वीरतापूर्वक पछ्याउँछ, जो बारम्वार गल्ती भएर पनि सङ्घर्ष गरिरहन्छ ।

जसले महान् उद्देश्यका लागि महान् उत्साह र महान् निष्ठाको परिचय दिन्छ, जो सर्वश्रेष्ठ अनुमानमा अन्त्यमा महान् उपलब्धिप्रति विजय हासिल गर्दछ र सबैभन्दा नराम्रो अवस्थामा यदि ऊ असफल हुन्छ भने पनि कमसेकम महान् जोखिम उठाएपछि मात्र असफल भएको हुन्छ ।

त्यसैले उसको स्थान ती चिसा र कायर आत्माहरुका लागि कहिल्यै पनि हुनेछैन, जसले न त कहिल्यै जित थाहा पाए, न त पराजयलाई ।

त्यसैले जीवनलाई सम्पूर्ण रुपमा बाँचौँ। म तपाईंलाई जीवन एक उपहार हो भन्ने कुरा पहिचान गर्नका लागि प्रोत्साहन गर्न चाहन्छु, जसबाट पूरा आनन्द लिनुपर्ने हुन्छ र पहिचान गर्नुपर्ने हुन्छ ।

त्यसैले तपाई स्टेडियममा बसेका दर्शक नबन्नुहोस् । मैदानमा उत्रने र सङ्घर्ष गर्ने निर्णय लिनुहोस् । यो एउटा अर्को उदाहरण छ( जुन म आफ्नो कोठाको भित्तामा राख्ने गर्छ, ‘पचास गज टाढा बस्ने सीटहरु राम्रा छन्, तर त्यसमा मेरो कुनै रुचि छैन, किनकि म यहाँ खेल्नका लागि आएको हुँ र मेरो जित्ने योजना छ।’