मार्केटिङ गर्ने गजवको तरिका

मंगलबार, २२ भाद्र २०७८

काठमाडौँ – सफलता प्राप्त गर्नका लागि तपाईले आफ्नो अगाडि आइपर्ने केही बाधाहरूलाई पार गर्ने रचनात्मक तरिका खोज्नुपर्ने हुन्छ। तपाईं रचनात्मक हुनुपर्दछ ।

एक जना व्यस्त व्यापारीको अत्यावश्यक बैठकमा जान लागिरहेका भिए । अफिसबाट उनी निस्केका मात्र के थिए, उनको अगाडि एकजना जुत्ता पालिस गर्ने मानिस आएर भन्यो, ‘हेर्नुस् तपाईंको जुत्ता नराम्रो देखिएको छ, तपाईं मलाई पालिस गराउनुहोस् ।’

व्यापारीले भने, ‘होइन, मलाई फुर्सत छैन ।’ अर्को केही पाइला नहिँड्दै अर्को छ जना पालिस गर्ने मानिस भेटिन्छन्, जसले फेरि त्यही कुरा आग्रह गठन र उनले फेरि पनि समय नभएको जवाफ दिन्छन् ।

तर सातौं पल्टमा उनी एउटा पालिस गर्ने मानिसको पसल हुँदै गइरहेका थिए । त्यहाँ पसलमा बसिरहेको मानिस गन्ती गरिरहेको थियो ९७, ९८, ९९, १०० ।

त्यसपछि उसले पनि भन्यो, ‘मित्र तपाई अलि व्यस्त जस्तो देखिनु भएको छ, त्यसैले त्यसमा बाधा पुऱ्याउन गएकोमा म माफी माग्न चाहन्छु । तर आज मेरो जन्म दिन हो र म स्वयं आफैले यो वाचा गरिरहेको छु कि मैले आज आफ्नो पसल अगाडिबाट जाने सय जना मानिसको जुत्ता सितैमा मालिस गर्नेछु । कृपया तपाई पनि मलाई यो मौका दिनुहोस् र तपाईंको जुत्ता टल्काएर म आफ्नो वाचा पूरा गर्न सकूँ ।’

त्यो उसको कुरा सुनेर व्यापारी त्यहीं बसे । पालिस गर्ने व्यक्ति आफ्नो काममा जुट्यो । उसले मेहनत गरेर जुत्ता टल्काउन थाल्यो । कपडाले जुत्ता यति तीव्र गतिमा रगड्यो कि उसको टाउकोबाट पसिना बग्न थाल्यो ।

उसले व्यस्त व्यापारीको जुत्तालाई पुरै नयाँ नै जस्तो गरी टल्किाइदियो । त्यसपछि जब व्यापारी त्यहाँबाट जान लाग्यो अनि उसले सोध्या, टल्काएको कति पैसा लिने गरेका छौँ ?

जत्ता टल्काउने व्यक्तिले भन्या, पाँच डलर सर । व्यापारीले उसलाई दश डलरको नोट दिदै भने ‘जन्म दिनको शुभकामना ।’ जुत्ता टल्काउने व्यक्ति केही मिनेट उभिइरहयो र त्यसपछि ऊ फेरी बन्न थाल्यो ९७, ९८, ९९, १०० ।

मित्रहरु । यस कथाले यो कुरा बताउँछकी हामी रचनात्मक हुनुपर्दछ र आफ्नो बुद्धिको प्रयोग गर्नुपर्दछ किनकि थुप्रै पल्ट त केबल त्यही तरिकाले काम बनेको होन्छ । त्यसैले हामी रचनात्मक हुनुपर्दछ ।