प्रचण्डले फातिमालाई ‘नो’ भनेर फर्काए
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई निरास बनाएर पठाएका छन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष सुमारको टोली शुक्रबार विहान पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डसँग भेटवार्ता गरेको थियो ।
शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए ।
उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छिन् ।
प्रचण्डले सम्झौतामा भएर प्रावधानहरुले एमसीसी संसदबाट पास गर्नेसक्ने अवस्था नभएको बताएका थिए । उनले नेपालका लागि आर्थिक सहयोग आवश्यक भएपछि विभिन्न सर्तहरु मानेर स्वीकार्न नसकिने बताए ।
हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् ।
आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दै छिन् ।