नेकपाको सचिवालय बैठक सम्पन्न, एमसीसीबारे गर्यो कठोर निर्णय
काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका. सचिवालय बैठक सम्पन्न भएको छ । शुक्रबार साँझसम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।
पार्टीका महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले अहिलेको तत्कालिन राजनीतिक परिस्थितिलाई हेरेर विभिन्न महत्वपूर्ण निर्णय गरेको जनाएको छ ।
सचिवालय बैठकले भोली भदौ २६ गते पार्टीको आयोजनामा प्रज्ञा भवन कमलादी काठमाडौँमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्बजनिक गर्ने जनाएको छ ।
सचिवालय स्रोतका अनुसार २८ गते एमसीसी सम्झौता विरुद्धको विरोध प्रदर्शनलाई व्यवस्थीत गर्दै सरकारलाई धक्का दिन काठमाडौँमा ठूलो जनसभा गर्ने निर्णय गरेको छ ।
उक्त जनसभाको व्यापक तयारीका निम्ति पार्टीका केन्द्रीय सदस्यहरुको नेतृत्वमा विभिन्न समिति र उपसमितिहरु बनाएर तयारीलाई ब्यापक बनाउने निर्णय समेत गरेको छ।
यस्तै पार्टीका विभिन्न जनबर्गीय संगठनहरुका भेला सम्मेलन र तिनका पदाधिकारी छनौटबारे पनि महत्वपूर्ण निर्णय गरिएको जनाइएको छ ।
यस्तै नेकपाले ओली सरकारसंग भएको ३ बुँदे सम्झौता कार्यन्वयन नगरेको भन्दै त्यसबारे पनि केहि निर्णय गरिएको जनाइएको छ ।
सरकारले पार्टी माथिको प्रतिबन्ध खारेज गरेपछि सम्झौता अनुसार आफ्ना नेता कार्यकर्ताहरुमाथि लगाइएका झुट्टा मुद्दा खारेज गर्ने र बन्दीहरु रिहा गर्नेबारे कुनै चासो नदेखाएको भन्दै नेकपा असन्तुष्ट रहेको थियो ।