विनोद चौधरीको कब्जामा नेपाली कांग्रेस, यसरी दिदैछन् देउवालाई काउन्टर
काठमाडौँ – नेपाली कांग्रेस विनोद चौधरीको कब्जामा रहेको खुलासा भएको छ । नेपाली कांग्रेसको आउँदो १४औँ महाधिवेशनमा चौधरी निर्णयक हुने भएपछि पार्टी उनको कब्जामा गएको हो ।
टाढाका जिल्ला सभापतिहरुलाई मोटो रकम दिएर चौधरीले फकाएका छन् । उनीहरुलाई चौधरीले आफू उपसभापतिको उमेद्वार भएको र जसले गुटमा राख्नसक्छ उसैको गुटमा जाने रणनीति बनाएको बताउन थालेका छन् ।
उनले देशभरिका जिल्ला सभापतिहरुको मागबमोजिम उपसभापतिमा उठ्ने तयारीमा जुटेको निकटस्थहरुलाई बताउने गरेका छन् ।
तर, उनले आफू कुनै पनि गुटमा नरहेको बताउँदै आएका छन् । बरु, कुनै गुटमा नलागेकाहरुको साझा समूह बनाउने तयारीमा छन् उनी ।
चौधरी कांग्रेसमा साझा व्यक्तिको रुपमा परिचित छन् । उनलाई उपसभापतिमा ल्याउनको लागि सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलापनि सकारात्मक छन् ।
पछिल्लो समय कांग्रेसमा विनोद चौधरीले नीति निर्माणको तहमा रहेर काम गर्दै आएका छन् । उनको नेतृत्वमा गरिखाने अभियानसमेत सञ्चालित छ ।