‘द भ्वाइस’बाट बाहिरिए लगत्तै तेजेन्द्र गन्धर्वले गाए आफ्नै कथामा आधारित यस्तो मार्मिक गीत (हेर्नुस् भिडियो)
काठमाडौँ- ‘द भ्वाइस अफ नेपाल’का एक प्रतियोगी तेजेन्द्र गन्दर्भले शो बाट बाहिरिए लगत्तै आफ्नै जीवन कथामा आधारित गीतको भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नो आवाजमा रहेको गीत “साँईलीरीमई” युट्युबमा सार्वजनिक गरेका हुन् ।
उनको आफ्नै जीवन कथामा आधारित रहेको गीतमा उनी आफैले अभिनय समेत गरेका छन् गीतमा डि.पी खनालको शब्द रहेको छ भने संगीत शंकर थापा (स्माइल)कोले भरेका छन् भने उदय राज पौडेलको एरेन्ज रहेको छ। विकास सुवेदीको निर्देशनमा बनेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
हेर्नुस् भिडियो