प्रेरक प्रसंग : बाधाहरु पन्छाउने तरिका

बुधबार, ३० भाद्र २०७८

काठमाडौँ – जब तपाईं लक्ष्य निर्धारण गर्नुहुन्छ र त्यसलाई प्राप्त गर्ने यात्रा शुरु गर्नुहुन्छ अनि तपाईंलाई निश्चित रुपमा कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ । केही बाधाहरु आउनेछन् तर तपाईं त्यसबाट स्वयं आफूलाई विचलित हुने अनुमति नदिनुहोस् ।

जब मोजेसले हिब्रु बालकलाई भित्रबाट बाहिर ल्याए अनि उनले त्यो नयाँ ठाउँको अवस्था थाहा पाउनका लागि बाह्र जना गुप्तचरहरु पठाए ।

दश जना गुप्तचरहरुले बताए, ‘त्यहाँ दुध र खानेकुरा प्रशस्त मात्रामा पाइन्छ, तर त्यहाँ राक्षस पनि छन् ।’ ती दशजना गुप्तचरहरु हरेश खान चाहन्थे किनकि उनीहरुले ती राक्षसहरु अरिङ्गालजस्तै चिल्नलाई ठीक परेर बसेका छन् भन्ने ठानेका थिए ।

केवल दुई जनाले मात्र ईश्वरमाथि आस्था राखे । उनीहरु ती राक्षसदेखि डराएनन्, किनकि उनीहरुमा भगवानप्रति आस्था थियो । उनीहरु ईश्वरमाथि विश्वास गर्न इच्छुक थिए ।

त्यसैले उनीहरुले भने, ‘उनीहरु यस धर्तीका मालिक बन्न सक्छन् । बाधाहरुदेखि नआत्तिनुहोस् । यदि भगवान् तपाईंका साथमा छन् भने तपाईंविरुद्ध उठ्ने पूरै संसारभन्दा पनि बढी उनी बिराट छन् ।’

बाइबलमा मलाई मनपर्ने पंक्ति छ, जसलाई ड्यूटरोनामी, अध्याय ३० बाट लिइएको हो, ‘म धर्ती र आकाससामु तिमीसँग यो भन्छु कि मैले आज तिम्रो अगाडि जीवन र मृत्यु, वरदान र श्राप राखिदिएको छु । हेर, तिमी जीवनलाई छानेर हेर ताकि तिमी र तिम्रा केटाकेटीहरु बाँच्न सकून् ।’

त्यसैले हामीले सुखी रहने कुरालाई छान्नु पर्दछ, हामीले स्वस्थ रहने कुरा छान्नु पर्दछ, सुरक्षित रहने कुरा छान्नु पर्दछ अनि धनी रहने कुरा छान्नुपर्दछ ।

म ‘छान्ने’ कुरा किन गरिरहेको छु ? किनकि सफलता संजोगले हुने होइन, त्यो पनि एक किसिमको छनौट नै हो ।