९० वर्षीया आमाको हत्या गर्ने छोरा पक्राउ
मङ्सिर ५, बाग्लुङ– ९० वर्षीया आमाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन् ।
बागलुङको जयमिनी नगरपालिका –१० दवलधारा बस्ने ६० वर्षीय कर्णबहादुर श्रीसललाई ९० वर्षीया आमा हरिकला श्रीसको दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी बिबादको कारणले कर्णबहादुरले दाउरा प्रहार गर्दा गरिकलाको घटनास्थलमै मृत्यु हुन पुगेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।