मै हुँ भन्ने सुवास नेम्वाङलाई आपत, एकैछिनमा तोडियो घमण्ड
काठमाडौँ – नेकपा एमाले संसदीय दलका उपनेता तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ अधिवक्ता पनि हुन् । आफूलाई शब्द र बोलीमा जो कोहिले उछिन्न नसक्ने उनको मनको घमण्ड रहेको छ ।
हरेक भाषण त्यो सार्वजनिक मंचमा होस् की संसदमा उनी सकेसम्म अली फरर उहाहरण दिँदै घुमाउँरो शैलीमा नरम शब्दले विपक्षीलाई कडा प्रहार गर्न खोज्छन् र प्रस्तुतीमा आफ्नो राम्रो पकड छ भन्ने नेम्वाङको घमण्ड एउटै वाक्यले तोडिएको छ ।
नेपाली काग्रेसका विरिष्ठ नेता रामचन्द्र पौडेलेको एउटै जवाफले नेम्वाङ निलोकालो भएका छन् । परमादेश सरकारले ल्याएको अध्योदशको विरोध गर्दै नेम्वाङले पौडेलसँग सोधेका थिए, ‘तपाईहरुको पार्टी पनि फुट्यो भने के गर्नु हुन्छ ?’ उनलाई लागेको थियो आज पौडेलले देउवाको धुवाधार विरोध गर्ने छन् ।
पौडेलको मुखबाट देउवाको विरोध गराउँन आइडिया लगाएका नेम्वाङले त्यतिखेर मार खाए जब पौडलले आफ्नो सभापतीलाई कमजोर नआक्न चेतवनी दिए । देउवा निकै चलाख रहको भन्दै उनले काग्रेस फुट्न पनि नदिने र आफूले पनि नफुटाउँने जवाफ दिए । त्यस पछि नेम्वाङ निलोकालो भएर कुरा सुनीरहे ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङबीच सवाल–जवाफ भएको छ । उनीहरुबीचको सवालजवाफ सामाजिक सञ्जालहरुमा भाइरल बनेको हो । नेपाली रेडियो नेटर्वकको ५ औँ वार्षिक उत्सवमा आयोजित एक कार्यक्रममा दुई नेताबीच सवाल–जवाफ भएको हो ।
कार्यक्रममा बोल्दै नेता नेम्वाङले अर्काको दल विभाजन गर्न ल्याएको अध्यादेशले आफ्नै दलमा असर गर्दा के हुन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा नेता पौडेलले आफ्नो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई कम नआँक्न आग्रह गरे । देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निकास निकाल्ने उनले बताए ।
ठट्यौली पारामा नेम्वाङलाई जवाफ दिँदै पौडेले देउवाले पार्टी विभाजन गर्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । कांग्रेसभित्र संस्थापन इतर पक्ष आफू भएकाले पार्टी तोड्ने काम आफूबाट नहुने उनले बताए ।
“मलाई पार्टी तोडेर सभापति वा प्रधानमन्त्री हतारो छैन । म विधि विधान मान्ने हुँ,” उनले भने, “मेरो सभापति चलाख हुनुहुन्छ भन्ने बुझ्न म सुवासजीलाई अनुरोध गर्छु, उहाँले आफ्नो पार्टीलाई विभाजन गराउनु हुन्न, चलाख हुनुहुन्छ ।”