कांग्रेसमा फेरी लफडा, रामचन्द्र पौडेलको घोषणाले तनावमा देउवा
काठमाडौं – नेपाली कांग्रेसमा अर्को लफडा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. नारायण खड्का लागि परराष्ट्रमन्त्री बनाएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेले लफडा गरेका हुन् ।
लामो समयसम्म सरकार विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेपछि पौडेल आक्रोशित बनेका छन् ।
आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले सो प्रस्ताव राखेको र अन्य नेताहरु पनि सहमत बनेका थिए ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसियतमा नेपालले मन्त्रीस्तरीय बैठकसमेत बोलाएकाले परराष्ट्रमन्त्री चाँडो नियुक्त गर्नुपर्नेबारे बैठकमा छलफल भएको थियो ।
डा. खड्काको नाममा सहमति भएपछि भोली नै उनलाई सपथ खुवाउने बताइएको छ ।
यस विषयमा देउवाले पार्टीमा भने छलफल गरेका छैनन् । कांग्रेस वरिष्ठ नेता पौडेलले आफूहरुको सहमति बेगर एकलौटीरुपमा मन्त्री नियुक्त गरिएमा नमान्ने बताए । यस विषयमा छलफल गर्न बोली ९ बजे आफ्नो समूहको बैठक बोलाउने उनले जानकारी दिए ।
नेपाली कांग्रेसमा ६० र ४० को भागवण्डामा चलेको पार्टी हो । देउवाको कोटाबाट एक राज्यमन्त्रीसहित ३ जना मन्त्री यसअघि बनिसकेको भन्दै पौडेलले आफ्नो समूहबाट अब ३ जनालाई मन्त्री बनाउनपर्ने अडान राख्दै आएका छन् ।
फेरी देउवाले आफू निकटका नेतालाई मन्त्री बनाउन खोजेपछि लफडा गर्ने भएका हुन् ।