अझै दुई दिन मन्त्रिपरिषद्ले पूर्णता नपाउने

मंगलबार, १२ असोज २०७८

काठमाडौं – दल विभाजन गर्न सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ । सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद्मा सहभागी नहुने दबाब दिएपछि सरकारले अध्यादेश खारेज गर्ने निष्कर्षमा पुगेको थियो । अध्यादेश खारेज भएपछि सत्ता गठबन्धनका दलहरू मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका छन् ।

माधव नेपालका यी ६ जना नेता मन्त्री बन्दै, देउवालाई बुझाए नाममाधव नेपालका यी ६ जना नेता मन्त्री बन्दै, देउवालाई बुझाए नाम माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि आफ्नो पार्टीबाट सरकारमा जाने ६ जना मन्त्रीहरुको नाम पठाइसकेको छ ।

तर अझै दुई दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने बताइएको छ । गठबन्धनका दलहरूले आन्तरिक तयारी नसकेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन केही ढिलाई हुने बताइएको छ ।

दलहरूले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् गठनमा ढिलाइ हुने देखिएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीका आन्तरिक तयारी नपुगेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन दुई दिन जति लाग्ने बताए ।

जसपाका नेता मोहम्मद इश्तियाक राईले पनि अझै केही दिन लाग्ने बताए । उनले भने कांग्रेसको आन्तरिक विवाद कायमै छ, उसको विवाद टुंगो लागेपछि मात्र अरु पार्टीको मन्त्रीको टुंगो लाग्ने सरकार गठन भएको लामोसमयबित्दा पनि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिरहेको छैन ।