प्रचण्डले आफ्नै किचन क्याबिनेटका मान्छेलाई पनि चिनेनन्, के भयो यस्तो
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै किचेन क्याविनेटका मान्छेलाई पनि नचिनेको खुलासा भएको छ ।
उनले आन्दोलनको सबैभन्दा अग्र मोर्चामा रहेको विद्यार्थी संगठनका नेताहरुलाई नचिनेको बताएपछि यस्तो रहस्य खुलेको हो ।
प्रचण्डले विद्यार्थी नेताहरुलाई भने, ‘नजिकबाट मैले हेर्ने, चिन्ने, बुझ्ने मौका पाएको रहेनछु ’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफूले पछिल्लो समय विद्यार्थी नेताहरुलाई राम्रोसँग चिन्न नपाएको बताएका हुन् । माओवादी केन्द्र निकट अखित क्रान्तिकारीको भेलामा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले अरु पार्टीमा युवा नेताहरु तयार भएको पनि बताएका छन् । तर, आफ्नो पार्टीमा पूर्णरुपमा नेताहरु पाइनसकिएको उनले बताए ।
तर, प्रचण्डले आफूले राजनीतिक रुपमा नेताहरु तयार हुँदै गएकोले आफू खुसी भएको पनि बताएका छन् ।
उनले सर्वदलीय बैठक सकिएपछि आफू एक कार्यक्रममा गएको र सहिद परिवारका कुरा सुनेको पनि बताएका छन् ।