तपाईँको मूल्य कति हो ? १ मिनेटमा जान्नुहोस्
काठमाडौँ – मानिसले आफूलाई जान्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यदि तपाई सामानलाई सफलतापूर्वक बेच्न चाहनुहुन्छ भने तपाईलाई सामानको ज्ञान हुनुपर्छ ।
यो व्यक्तिगत सेवाको मार्केटिङ्गको बारेमा त्यति नै सही छ । तपाईलाई आफ्नो सारा कमजोरी थाहा हुनुपर्दछ ताकि तपाई त्यसमाथि पुल बनाउन सक्नुहोस् वा त्यसलाई पूर्ण रुपले टाढा भगाउन सक्नुहोस् ।
तपाईलाई आफ्नो शक्ति पनि थाहा हुनुपर्दछ ताकि तपाई आफ्नो सेवा बेच्ने समय त्यसतर्फ अरुको ध्यान आकर्षित गर्न सक्नुहोस् । तपाई आफूलाई केवल सटिक विश्लेषणद्धारा जान्न सक्नुहुन्छ।
एक युवकले आफ्नोबारेमा अज्ञानको मूर्खता देखायो जब उसले एक पदका लागि एक प्रसिद्ध व्यापार प्रबन्धकलाई आवेदन दियो । उसले तबसम्म राम्रो प्रभाव जमायो जबसम्म उसले कति तलबको आशा गरेको अन्ले सोधेन ।
उसले आफ्नो मस्तिष्कमा कुनै निश्चित राशि नसोचेको जवाफ दियो, मेनेजरले भने, ‘म तपाईलाई यति तलब दिनेछ जति म सोच्नेछ, तर यसभन्दा पहिले म एक सातासम्म तपाईको काम हेर्नेछु ।’
‘म यो स्वीकार गर्ने छैन’, आवेदकले जवाफ दियो, ‘किनकि जहाँ म अहिले काम गरिरहेको छु । त्यहाँ मलाई यसभन्दा बढी तलब प्राप्त भइरहेको छ।’
तपाई आफ्नो वर्तमान पदको तलबमा वृद्धिको बारेमा सम्झौता गर्नुहोस् वा कहीँ अरु जागिरको खोजी गर्नुहोस्, तर यसभन्दा पहिले तपाईलाई जति तलब प्राप्त भइरहेको छ त्यसभन्दा तपाईको अधिक छ भने सुनिश्चित गर्नुहोस्।
पैसाको चाहना एउटा कुरा हो, प्रत्येक व्यक्ति धेरै पैसा चाहन्छ तर यो पूर्ण रुपले भिन्न कुरा हो कि तपाईको मूल्य अधिक छ । तपाईको आर्थिक आवश्यकता वा इच्छालाई तपाईको मूल्यसित केही लिनुदिनु छैन ।
तपाईको मूल्य पूर्णरुपले यस कुरामा निर्धारित हुन्छ कि तपाई उपयोगी सेवा प्रदान गर्न कति योग्य हुनुहुन्छ वा तपाईमा दोस्रोलाई यस प्रकारको सेवा प्रदान गर्नका लागि प्रेरित गर्ने कति क्षमता छ ।