एमाले अध्यक्ष ओली फेरी पनि विरामी

शुक्रबार, १५ असोज २०७८

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । एमालेको विद्यान माहाधिवेशन चलिरहेका बेलामा ओली बिरामी परेका हुन् ।

ओलीलाई अत्याधिक खोकि लागेको छ । खोकिका कारण ओलीले आफ्नो संबोधन पुरा गर्न सकेनन् ।

नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न नसकेका हुन ।

सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिएका थिए ।

लगत्तै ओली आफ्नो आसनमा गएर बसेका छन् भने पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका छन् ।

एमाले विधान महाधिवेशन गोदावरीमा जारी छ । विधान महाधीवेशनको पहिलो दिन प्रतिवेदन पेस गर्ने काम भई रहेको छ ।

ओलीले आफ्नू प्रतिवेदन शारीरिक अवस्था गडबड जस्तो देखिए पछि शंकर पोख्रेलले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

ओली आफ्नो सिटमा गएर आसन ग्रहण गरेका छन् । आफ्नो भाषण प्रस्तुत गर्ने क्रममा ओलीलाई खोकी लागेको थियो ।