भर्खरै सकियो मन्त्रिपरिषद् बैठक, यी हुन आज भएका निर्णयहरु
काठमाडौं – मन्त्रीपरिषद् बैठक सकिएको छ । बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
सरकारले प्रशासन सेवाका सहसचिव रविलाल पन्थलाई विशिष्ट श्रेणी पद सचिवमा बढुवा गरेको छ ।
मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पन्थलाई विशिष्ट श्रेणीमा बढुवा गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ भने ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्यमा कानुन मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मी नियुक्त भएका छन् ।
यस्तै असोज २४ गतेदेखि असोज २८ गतेसम्म पररष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलन (कमोरेटिभ हाइ लेभल मिटिङ) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको गठन गरिएको छ ।
त्यस्तै, विद्युतीय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषताहरु स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको कानुनमन्त्री कार्कीले बताए ।