२० बर्षमै ३ बालबालिकाको अभिभावक बनिन् पूर्णिका

मंगलबार, २ कार्तिक २०७८

काठमाडौ – भर्खरै २० बर्ष पुगेकी पूर्वराज परिवारकी सदस्य पूर्णिका शाह ३ बालबालिकाकी अभिभावक बनेकी छिन् । आफ्नो पढाई खर्च कटाएर उनले तीन जना बालबालिकाका अभिभावकत्तो ग्रहण गरेकी हुन् ।

पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् ।

इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् । उनी अहिले २० बर्षकी भएकी छिन् ।

सानै उमेरमा उनले समाजसेवातर्फ आफूलाई केन्द्रीत गरेकी छिन् । उनको यो कर्म देखेर बुवा पारस शाह चचित बनेका छन् ।

उनले ३ जना बालबालिकाको अभिभावकत्व लिएको जानकारी गराएकी छिन् । उनले ती ३ जना बालबालिकालाई विद्यालय शिक्षासम्मको शैक्षिक खर्च ब्यहोर्ने जिम्मा लिएकी हुन् ।

सर्लाहीमा रहेको सामाजिक संस्था होस्टे हैसेलाई आर्थिक सहयोग दिएर उनले तीन बालबालिकालाई विद्यालय शिक्षासम्म नै सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

उनले भिडियो सार्वजनिक गर्दै शिक्षाको क्षेत्रमा अत्यन्तै पछाडी रहेको सर्लाहीमा विद्यालय जान नपाएका बालबालिकाको शैक्षिक खर्च सहयोग गरेर साथ दिन विश्वभरीका मानिसहरुलाई अपिल समेत गरेकी छिन् ।

उनले युवा अवस्थामा नै यो सेवाको काम गर्न पाउँदा खुशी लागेको बताएकी छिन् । होस्ट हैसे नामको सामाजिक संस्था सन् १९९० मा दर्ता भएको हो । यसको संस्थापक अध्यक्ष सुलोचना श्रेष्ठ शाह हुन् ।

होस्ट हेसेको प्रयास प्रशंसा योग्य छ । स्वास्थ्य बीमा, भविष्य कोष सुविधाहरू, निशुल्क शिक्षा, मातृत्व बिदा सहितको अत्यन्तै लोकप्रिय कार्यक्रम यसले सञ्चालन गरिरहेको छ ।