सिंहदरबारबाट आयो ओलीका लागि अत्यन्तै दुःखद खबर, प्रचण्ड पनि चकित

सोमबार, ८ कार्तिक २०७८

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि दुःखद खबर प्राप्त भएको छ ।

अर्ली इलेक्सन गर्न पर्ने भन्दै अडान राख्दै आएका ओलीलाई उपनिर्वाचन गर्ने तयारी भएको खबरले झट्का लागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त रहेका प्रतिनिधिसभा र पदेशसभामा तत्काल उपनिर्वाचन गर्नेगरी तयारी थालेका छन् ।

त्यस्ते, राष्ट्रियसभा सदस्यको निर्वाचनको पनि मिति सरकारले छिट्टै तोक्ने बताएका छन् ।

सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताएका छन् ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ ।

प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उनले बताए ।

प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी २०७९ साल मंसिरसम्म छ । ओलीले त्यो अगावै अर्ली इलेक्सन गरेर देशलाई निकास दिन पर्ने बताउँदै आएका थिए ।

तर अब त्यो सम्भव नभएको यो भेटघाटले पनि देखाएको छ । अब प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर भन्दा यता सम्भव छैन् ।