प्रधानन्यायाधीशको पक्षमा उभियो एमाले, देउवा-प्रचण्ड सेटिङको रहस्य खुल्यो

मंगलबार, ९ कार्तिक २०७८

काठमाडौँ – नेकपा एमाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएको छ । सिंगो न्यायालयको धज्जी उडाउन मेनरोल खेलेको आरोप खेपेका प्रधानन्यायाधीश जबराको पक्षमा एमाले खुलेरै लागेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले न्यायालय भित्रको अहिलेको समस्याको समाधान राणाको मात्रै राजीनामाले हल नहुने निष्कर्ष नजिक पुगेको छ ।

एमाले अध्यक्ष केपी ओलीका अत्यन्तै नजिकका मानिने प्रभावशाली नेता प्रदिप ज्ञवालीले मुखै खुलेर एक जना व्यक्तीलाई निसाना बनाएर चलाएको अभियानले समस्याको समाधान नहुने बताएका छन् ।

नेता ज्ञवालीले अहिले चलेको अभियानले गुटबन्दीलाई झनै प्रसय गर्ने दावी गरेका छन् । चोलेन्द्रलाई अहिलेका सत्ताधारीहरुले युज एण्ड थ्रो मात्रै गर्न खोजको उनको आरोप छ ।

‘चोलेन्द्रलाई मिल्काएर आफू अनुकुल मान्छे ल्याएर आफूले चाहेको फैसला गराउन यो अभियान चलाइएको हो’ ज्ञवालीले भनेका छन् ।

ज्ञवालीले लेखेका छन्, ‘अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो। ‘युज एण्ड थ्रो’ यस अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउनेछ।’

चोलेन्द्र प्रकरण उत्कर्षमा पुग्दै गर्दा राजनीतिक दलहरु मौन बसे भन्ने आरोप लगाइरहँदा ज्ञवालीको यस्तो धारणा आएको हो । यस प्रकरणका बिषयमा एमाले नेता प्रदिप ज्ञवालीले आफ्नो सामाजिक संजालमा यस्तो स्टाटस लेखेका छन् र

‘सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ। न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा पर्यो ।’

‘निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा (उपहार) दिने यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति।’ उनले भनेका छन् ।

‘एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो। ‘युज एण्ड थ्रोु’ यस अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउनेछ।’