प्रधानन्यायाधीश प्रकरणमा रविन्द्र मिश्र पनि फिल्डमा उत्रिए, एउटा प्रश्नले धेरैलाई सोच्न बाध्य बनायो

मंगलबार, ९ कार्तिक २०७८

काठमाडौँ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरण उत्कर्षमा पुगेका बेला विवेशकसील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पनि मुख खोलेका छन् ।

चिन्नु पर्दैन ? शीर्षक राखेर मिश्रले सामाजिक संजाल मार्फत आफ्नो धारणा राखेका छन् । उनले यो बिषयमा मूल जरो को हो भन्ने आशयको केहि गम्भिर प्रश्नहरु पनि छाडेका छन् ।

मुख्य समस्याको जरो कहाँ हो ? त्यो खोजिनु पर्ने मिश्रको मत छ ।

न्यायालय, प्रहरी, अख्यिार, विश्वविधालय विगारेको त्यसका प्रमुखले हो की नेताले ? भन्दै मिश्रले सिरियस प्रश्न गरेका छन् ।

मिश्रको जोड यो सबै समस्याको जड नै नेताहरु रहेको भन्ने छ र उनले त्यस्ता नेतालाई बारम्बार अनुमोदन गर्ने नागरिक चाँही कस्ता हौँ ? भन्दै उनले प्रश्न छेडेका छन् ।

मिश्रले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन्, ‘चिन्नु पर्दैन ? न्यायालय विगारेको प्रधानन्यायाधीशले कि नेताले ? प्रहरी, प्रशासन, अख्तियार, विश्वविद्यालय विगारेको तत्तत् क्षेत्रका प्रमुखले कि नेताले ?’

उनले अगाडि लेखेका छन्, ‘तिनै नेतालाई बारम्बार अनुमोदन गर्ने हामी, अनि नतिजा फरक खोज्ने ? प्रधानन्यायाधीशमाथि कारवाही गरौँ तर सारा विकृतिको मूल कारक के हो चिन्नु पर्दैन ?’

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा प्रकरण चरमउत्कर्षमा पुगेका बेला विभिन्न क्षेत्रका व्यक्तीहरुले आफ्नो धारणा राखिरहेका छन् ।

राणालाई राजिनामा या महाअभियोग सम्मको डण्डा देखाएर पद च्युत गर्न दबाव बढिरहेको छ ।