बारमा वार : लात्ती खाने वकिलले रुँदै भने, ‘राजतन्त्र जिन्दावाद’
काठमाडौँ – प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले राजिनामा दिनु पर्ने विषय चर्किदै जाँदा वकिलहरुबीच नेपाल बार एशोसियसनमै वार भएको छ ।
नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना अधिवक्ताबीच कुटा कुट भएको छ ।
अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि प्रहार गरेका छन् ।
कुटाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताईसकेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ।
न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्। तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् । केही कानून व्यवसायीहरुले यसरी न्यायालयलाई बन्धक बनाउन नहुने धारणा राखेका छन् ।
वकिल माथि हातपात गर्ने अर्का वकिल विराट न्यौपानेले त्यस लगत्तै प्रतिक्रिया दिँदा पत्रकारको कार्ड समेत हेरेका थिए । किन हात हालेको भनेर प्रश्न गर्दा तपाई कस्तो पत्रकार हो ? कार्ड देखाउँनुस भन्दै उनले कार्ड हेरेका थिए ।
तपाईले नसा सेवन गर्नु भएको छ की के हो ? भन्दा उनले तपाईले चाँही गर्नु भएको होला भन्दै मुख मुखै लागेका थिए । हातपात गरेको नभई नसियत मात्रै सिकाएको जिकिर गर्दै न्यौपानले पर्यो भने फेरी पनि हान्ने बताएका छन् ।
यता पिटाइ खाने वकिल भूमिनन्द चुँडाल भने बार परिसरमै डाँको छोडेर रोएका छन् । आफु माथी हात पात हुँदा पनि बारका पदाधिकारी कोहि नबालेको भन्दै उलने यो व्यवस्थानै समाप्त हुन पर्ने बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्षका खुलेर लागेका उनी जबरालेनै गणतन्त्र सिध्याएर राजतन्त्र ल्याउँने बताए । राजतन्त्र जिन्दावाद भन्दै उनले पूर्व राजाका पक्षमा रुपैँ नारा लगाएका थिए ।