बेलायतको यो स्कुलमा पढेकी थिइन् मानुषी, बाहिरियो नालीबेली

सोमबार, २२ कार्तिक २०७८

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सार्वजनिक मंचबाट दिएको अभिव्यक्तिले अहिले देश तरङ्गीत भएको छ । बावुराम भट्टराई र उनका सन्तानको शिक्षाका बारेमा ओलीले प्रश्न उठाएपछि उनको चर्को विरोध भइरहको छ ।

धेरै ओलीको मानसिक स्वास्थ्यकै विषयमा कुरा उठाएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले हुँदै नभएका आरोप बाबुराम र उनकी छोरीमाथि लगाएका थिए ।

जनताका छोराछोरीलाई बन्दुक बोकाएर मर्न हिँडाए पनि बावुरामहरुका छोराछोरी त विदेशमा महंगो शिक्षा लिइरहेका थिए भन्ने भावले ओलीले बोलेको कुरामा निकै हंगामा मच्चिएको छ । उनले मानुषीलाई उच्च शिक्षा अध्ययनका लागि भिषा लगाएर बेलायत गएको आरोप लगाएका थिए । उनको आरोप झुट ठहरिएपछि चर्को विराध भइरहेको हो ।

हिसिला यमी छात्रबृतिमा अध्ययनका लागि छोरीसहित जनयुद्ध भन्दा अघि बेलायत गएकी थिइन् ।

त्यहाँ उनले आमासँग दुई बर्ष विताइन् । उनले बेलायतमा न्यूक्यासलस्थित क्राइस्ट चर्च स्कूलमा कक्षा ३ अर ४ अध्ययन गरेकी थिइन् ।

मानुषी यमी भट्टराई श्रेष्ठले प्रारम्भिक शिक्षाको शुरुवात काठमाडौंकै स्वर्णीम स्कूलबाट थालनी गरेकी हुन्। नर्सरीदेखि केजीसम्म त्यहाँ पढेपछि १ र २ कोटेश्वरस्थित नवज्योति स्कूलमा पढिन्।

आमा हिसिला यमी उच्च शिक्षा आर्जन गर्नका लागि बेलायत गएपछि उनको पढाई बेलायतबाट अघि बढ्यो। बेलायतमा २ वर्ष बस्दा उनले कक्षा ३ र ४ को पढाई पूरा गरिन्। उनले बेलायतमा न्यूक्यासलस्थित क्राइस्ट चर्च स्कूलमा पढेकी हुन्।

उनले कक्षा ५ काठमाडौंमै पढिन् । मानुषीले कक्षा ६ र ७ भारतको नैनीतालको सेन्ट जोन्स् स्कूलबाट पूरा गरिन्।

कक्षा ८ देखि १० सम्म दार्जीलिङ पेदोङस्थित सेन्ट जर्जेज् स्कूलबाट पूरा गरेकी मानुषीले कक्षा ११ र १२ को पढाइचाहिँ नयाँ दिल्लीस्थित नवयुग स्कूलबाट पूरा गरेकी मानुषीले स्नातक भारत र स्नातकोत्तर नेपालबाट गरेकी हुन् र जे एन युनिभर्सिटीबाट अहिले विद्यावारिधि गरिरहेकी छिन् ।