माधव नेपालले सुन्न पर्यो दुःखद खबर, फेसबुकमै लेखे स्टाटस
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले दुःखद खबर सुन्न परेको छ ।
उनले विहान विहानै नमिठो खबर सुन्न परेको हो ।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य, जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख बंगला राईका श्रीमान् हर्कध्वज राईको असामयिक निधनको दुःखद खवरले सुन्न परेको हो ।
उनले दुःखद घडिमा हर्कध्वज राईप्रति भावपुर्ण श्रद्वाञ्जली अर्पण गरेका छन् ।
‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य, जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख कमरेड बंगला राईका श्रीमान् हर्कध्वज राईको असामयिक निधनको खवरले मलाई स्तब्ध बनाएको छ ।’ फेसबुकमा लेखेका छन् ।
उनले अगाडि भनेका छन्, ‘‘कमरेड हर्कध्वज राईप्रति भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्दै कमरेड बंगला राई सहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
उनले फेसबुकमा लेखेको स्टाटसमा हजारौँले लाइक गरेका छन् ।
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उनको स्टाटमा कमेन्ट लेखेकी छन् ।
हार्दिक श्रदाञ्जली भन्दै कमेन्ट लेखेकी हुन् ।