मध्यरातको बैठकपछि भीम रावल आगो, रातीनै लिए एक्सन
काठमाडौँ — नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र पूर्व बसेको केन्द्रीय समिति बैंठकको निर्णयमा असमति जनाउँदै एमाले उपाध्यक्ष भीम रावलले आफ्नो अध्यक्षको उम्मेदवारी कायम रहेको बताएका छन् ।
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहँदा उपाध्यक्ष भीमले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहने बताएका हुन् छन् ।
शनिबार बन्द सत्र सुरु भएपछि उनले आफ्नो उम्मेदवारी दिने अडान कायम राखेका छन् ।
उनले भने, ‘म त भोलि उम्मेदवारी दिनेछु । उम्मेदवार उठ्छु भनिसकेपछि फिर्ता लिने कुरा छैन ।’
चितवनको सौराहामा शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटी बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘केही साथीहरूले अध्यक्षलाई सबै निर्णयको अधिकार दिउँ । सर्वसम्मत गरौँ भन्नुभएको थियो । तर त्यो पनि प्रस्तावको रुपमा स्वीकार गरिएन । सर्वसम्मतको प्रयास भएको हैन,’ नेता रावलले भने ।
सौराहामा शुक्रबार मध्यराति सम्पन्न केन्द्रीय कमिटी बैठकले अबको केन्द्रीय कमिटीलाई बढाएर ३०१ सदस्यीय बनाउने, १९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने प्रस्ताव पारित गरेको छ ।
उक्त निर्णयमा रावलले असहमति जनाएका छन् । उनले विद्यान महाधिवेशनबाट गरिएको निर्णय परिवर्तन गर्ने अधिकार विद्यान महाधिवेशनमै हुने भएको उक्त निर्णय नमान्ने बताएका हुन् ।
उनले विद्यान संशोधनको अधिकार विद्यान महाधिवेशनलाई मात्र भएकाले मनलाग्दी गर्न नेताहरुलाई छुट नभएको बताए ।