मन्त्रीपरिषदले गर्यो जनताको पक्षमा गजवको निर्णय, देशभर खुशीयाली

बिहिबार, १६ मंसिर २०७८

काठमाडौं – आज बसेको मन्त्रीपरिषद बैठकले गजवको निर्णय गरेको छ । यो निर्णयले देशभर खुशीयाली छाएको छ ।

सरकारले अब कोभिड–१९ विरुद्धको खोप दैनिक २ लाख जनालाई लगाउने भएपछि देशभर खुशीयाली छाएको हो ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउने र नेपाल सरकारबाट सबै नेपालीलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने प्रतिबद्धता भए अनुरुप प्रतिदिन न्यूनत्तम २ लाख जनालाई अनिवार्य रुपमा खोप लगाउने व्यवसथा मिलाउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले एकैदिन झण्डै ३ लाख जनालाई खोप लगाएको थियो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कुल जनसंख्याको २८.२ प्रतिशतलाई पूर्ण खोप लगाएको उल्लेख छ ।

त्यस्तै, बैठकले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

एक मन्त्रीका अनुसार उनीहरुलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ ।

हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा नदिने निर्णय भएको एक मन्त्रीले बताए । फायल तस्वीर