प्रधानमन्त्री देउवाको नाम लिएपछि श्वेताले पाइन साढे १२ लाख !
काठमाडौं – नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतमा एकाएक भाइरल भएका छन् । एउटा कार्यक्रममा देउवाको नाम लिएर प्रश्न सोधेपछि भाइरल भएका हुन् ।
अमिताभ बच्चनले होस्ट गर्ने भारतीय टिभी सो ‘कौन बनेगा करोडपति’को सिजन १३ को एपिसोड ७५ निकै विशेष रह्यो ।
यो एपिसोडमा बच्चनकी छोरी श्वेता र नातिनी नभ्या नाभेली सहभागी थिए । यो एपिसोड किन पनि महत्वपूर्ण थियो भने यो संस्करण केबीसीको १ हजार औं एडिसन थियो ।
श्वेता र नभ्याले यो एसिपोडबाट कूल २५ लाख भारु नगद जिते । तर, उनीहरुलाई अमिताभले सोधेको नेपालबारे एउटा प्रश्नले भने १२ लाख ५० हजार भारु जितायो ।
सन् २०२१ मा पाँचौ पटक प्रधानमन्त्री हुने शेरबहादुर देउवा कुन देशका हुन् भनेर प्रश्न सोधिएको थियो ।

अप्सन थियो, फिजी, नेपाल, एन्टिगा एन्ड बर्बुडा र थाइल्यान्ड । श्वेता र नाभ्याले निकै अकमकिएर बल्ल–बल्ल सहि उत्तर मिलाए ।
यो उत्तरबाट उनीहरुले १२ लाख ५० हजार भारु जिते ।
नेपालमा पनि ‘को बन्छ करोडपति’को एक सिजन संचालन भएको थियो । अभिनेता राजेश हमालले संचालन गरेको उक्त कार्यक्रमले निरन्तरता दिन सकेको छैन् ।
नेपालमा यसको स्पन्सरसिपको कमिका कारण कार्यक्रम बन्द भएको बताइएको छ ।