कांग्रेसको महाधिवेशन प्रभावित हुनेगरी सर्चोच्चले गर्यो यस्तो फैसला

सोमबार, २७ मंसिर २०७८

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँमा जारी छ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रभावित हुनेगरी फैसला गरेको छ ।

अदालतले शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन र चुनावी प्रकृयामा सहभागि नगराउन आदेश दिएपछि चुनवा प्रभावित हुने भएको हो । आईतवार न्यायाधिश तेज बहादुर केसीको एकल इजलासले प्रतिवादीका नाममा कारण कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको हो।

निवेदन भक्तबहादुर बस्नेत र मिठुबहादुर बोहोरा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकहरुहरुलाई प्रतिनिधि बन्ने÷बनाउने काम रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए ।

अदालतले उनीहरुको माग वमोजिम आदेश जारी गरेको धार्मिक अभियन्ता सुभाष ढकालले जानकारी दिए । अन्तरिम आदेशसँगै अव नेपाली कांग्रेसको महाधिवेशनमा शिक्षक कर्मचारीले चुनावी भोटिङ्ग प्रक्रियामा सहभागि हुन नपाउने भएका छन् ।

जसका कारण महाधिवेशन स्थगित हुने संकेत देखिएको छ। जारी महाधिवेशनमा शिक्षक मात्रै करिव ३ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भएका छन् ।

कांग्रेस निकट शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेलले देशभरबाट तीन सय भन्दा बढी शिक्षक महाधिवेशन प्रतिनिधिमा चुनिएको बताए ।

धार्मिक अभियान्ता ढकालका अनुसार यो आदेशले शिक्षक र कर्मचारी गरी करिव ५र६ सयको हाराहारीमा प्रतिनिधिहरुले चुनावी प्रकृयामा सहभागि हुन पाउने छैनन् ।

यति ठुलो संख्यामा प्रतिनिधिरुले चुनावी प्रकृयामा सहभागि हुन नपाउने भएपछि कांग्रेसको महाधिवेशन प्रभावित हुने उनको भनाई छ। आदेशसँगै महाधिवेशनमा गणपुरक संख्या नै नपुग्ने उनको दावी छ।

नेपाली कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। तर, महाधिवेशन प्रतिनिधि छानिएको शिक्षक कर्मचारी भोटिङ्गवाट वन्चित भएपछि निर्वाचन प्रकृया प्रभावित हुने र विधान अनुसार महाधिवेशन नै प्रभावित हुने कांग्रेस निकट श्रोतले जनाएको छ।

वस्नेत र बोहराको रिटमा अन्य राजनीतिक दलमा समेत शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक गतिविधिमा संलग्न नगराउन आदेश माग गरिएको थियो ।

उनीहरुले दर्ता गराएको रिटमा मन्त्रीपरिषदको सचिवालय सिंहदरवार काठमाडौ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलाय सिंहदरवार काठमाडौ, निर्देशकज्यू, शिक्षा विकास निर्देशनालय हेटौडा, शिक्षा तथा मानव श्रोत विकाश केन्द्र सानोठीमी भक्तपुरलाई विपक्षी बनाइएको छ ।

त्यस्तै, शिक्षा विकाश तथा समन्वय इकाई, चौतारा सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका तथा गाउँपालिकाको कार्यालय सिन्धुपाल्चोक, नेपाली काग्रेस चौथो महाधिवेशनको लागि गठित केन्द्रीय निर्वाचन समितिका संयोजक तथा केन्द्रीय निर्वाचन समिति नेपाली काग्रेस पार्टी कार्यालय सानेपा ललितपुरलाई पनि विपक्षी बनाइएको छ ।

नेपाली काँग्रेस चौधौ महाधिवेशन, सिन्धुपाल्चोक जिल्लाका केन्द्रीय प्रतिनिधि एंव निर्वाचन अधिकृत अधिवक्ता छवीरमण निरौला, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौ, प्रेमध्वज लामा, गिता कुमारी शर्मा, सुस्मा पराजुली, स्वस्थानी थापा, मुना थापा, अम्बर बहादुर बोहरा, तुलसीराम श्रेष्ठ, रमेश बोहरा, नेपाली काँगेस केन्द्रीय कार्यसमिति सानेपा काठमाडौ÷बेद विक्रम कार्कीसमेतलाई प्रतिवादी वनाईएको छ।