प्रेरक प्रसंग : गरिब खोज्दै जाँदा

बुधबार, २९ मंसिर २०७८

काठमाडौँ – एक ब्राह्मण सधैं जस्तै मन्दिरमा जान्थ्यो । त्यहाँ बाटोमा उसले हरेक दिन एक रुपैयाँको सिक्का भेटाउँथे ।

सिक्का भेटेपछि उनको मनमा एउटा बिचार आयो कि म धेरै गरिबहरुलाई १ रुपैयाको सिक्का दिन्छु !

गाउँभरी घुम्छ तर गरिब भेटेन । केही दिन बित्छ, ब्राह्मणले देख्छ कि एक राजा आफ्नो अगाडि धेरै प्रजा लिएर आउँदैछन्।

ब्राह्मणलाई देखेर महाराजाले अभिवादन गरे र भने कि मलाई आशीर्वाद दिनुहोस् !

हामी अरु सबै राज्यहरुसँग युद्ध गर्न जाँदैछौं, यदि तपार्इँको आशीर्वाद हामीसँग छ भने, विजय हाम्रो पक्का छ !

यो सुनेर ति ब्राह्मणले राजालाई १ रुपैयाको सिक्का दिन्छ ।

राजालाई सिक्का दिदै ब्राह्मणले भने, ‘म धेरै दिनदेखि त्यस्तो गरिबलाई खोज्दै थिएँ जससँग केही छैन । मैले तिमीलाई यस्तो गरिब भेटेँ जससँग सबै कुरा भए पनि केही छैन ।’

तसर्थ, एक व्यक्ति धेरै भन्दा धेरै प्राप्त गर्न चाहन्छ। त्यो मान्छे सधैं दुखी हुन्छ !

सबै पाए पनि उसले सन्तुष्टि पाउन सक्दैन। सन्तुष्ट मानिस नै सबैभन्दा धनी हो ।