प्रेरक प्रसंग : खुशी हुने गजवको तरिका

बुधबार, ७ पौस २०७८

काठमाडौँ – एउटा सहरमा एकजना मानिस निजी कम्पनीमा काम गर्थे । उनी आफ्नो जीवनसँग खुसी थिएनन्, हरेक समय उनलाई कुनै न कुनै समस्याले सताइरहन्थ्यो ।

एक पटक महात्मा घुम्दै सहरको क्षेउमा आइपुगे । महात्मा सहर आएको जताततै चर्चा चलेको थियो । धेरैले आफ्नो समस्या लिएर उनी कहाँ पुग्न थाले, त्यो व्यक्तिले पनि महात्माको दर्शन गर्ने निधो गरे ।

बिदाको दिन बिहानै उनीमहाच्मा कहाँ पुगे । लामो प्रतिक्षापछि उनको पालो आयो । उसले महात्मालाई भन्यो, ‘बाबा म मेरो जीवनबाट धेरै दुःखी छु, म सधैं समस्याले घेरिएको छु, कहिले अफिसमा तनाव हुन्छ, कहिले घरमा झगडा हुन्छ, कहिले स्वास्थ्यको चिन्ता हुन्छ…..।’

बाबा मलाई यस्तो तरिका बताउनुस् कि मेरो जीवनका सबै समस्याहरू समाप्त भएर म शान्तिपूर्वक बाँच्न सकूँ ? बाबा मुस्कुराउनुभयो र भन्नुभयो, ‘बाबु, आज धेरै ढिलो भयो, म भोलि बिहान तिम्रो प्रश्नको जवाफ दिनेछु…। तर तिमी मेरो लागि अलिकति काम गर्न सक्छौ ?’

‘हाम्रो काफिमा सय वटा ऊँट छन्, म चाहन्छु कि आज राति तिमिले तिनीहरुको हेरचाह गर….। सय मध्ये सय ऊँट बस्दा तिमी पनि सुत्छौ….।’ यति भन्दै महात्मा आफ्नो पालमा गए ।

भोलिपल्ट बिहान महात्माले उक्त मानिसलाई भेटे र सोधे, ‘भन बाबु, राम्रो निद्रा लाग्यो ?’ उसले दुःखी हुँदै भन्यो– ‘नाईँ बाबा, म एक पल पनि सुत्न सकिन। मैले धेरै कोसिस गरे तर सबै ऊँटलाई बसाउन सकिन, कोही न कोही ऊँट उभिन्थ्यो ।’

महात्माले भने, ‘बबु, हिजो राति तिमीले बुझ्यौ कि जति कोसिस गरे पनि सबै ऊँट एकै ठाउँमा बस्न सक्दैनन्, एक जनालाई बसायौ भने अर्कै ठाउँमा उभिन्छ। त्यसैगरी एउटा समस्याको समाधान गर्यो भने कुनै कारणले अर्को समस्या आउँछ ।’

‘त्यसोभए खुशी हुन के गर्न पर्छ त’, मानिसले जिज्ञासु हुँदै सोध्यो। ‘यी समस्याहरूको बावजुद जीवनको आनन्द लिन सिक ।’ महात्माले भने ।

यस्ता समस्यालाई समयमै छोडिदिनुहोस्, समयमै आफैँ हट्छन् । जीवन छ भने केही समस्या रहिरहनेछन्, तर यो होइन कि दिनरात सोचिरहनुहोस्।

समस्याहरूलाई पन्छाएर जीवनको आनन्द लिनुहोस्, शान्तिमा सुत्नुहोस्, समय आएपछि तिनीहरू आफैं समाधान हुनेछन्।