विवेकशील साझा पार्टी छोडेर सोच्दै नसोचेको पार्टीमा प्रवेश गर्दै मिलन पाण्डे
काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई भेटेका छन्। नवनिर्वाचित महामन्त्री शर्मालाई भेटेर पाण्डेले बधाई तथा शुभकामना दिएका थिए।
संयोजक पाण्डे र बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले कांग्रेस महामन्त्री शर्मालाई भेटेको नेता हरिशप्रसाद भट्टले बताए।
उनीहरूबीच भेटवार्तामा नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा कुराकानी भएको भट्टले उल्लेख गरेका छन्।
साथै उनीहरूबीच लोकतन्त्र, राष्ट्रियता, शिक्षा, रोजगार, स्वास्थ्य, सुशासन जस्ता विषयसँगै ‘व्यवस्था हैन नागरिकको अवस्था बदल्ने’ राजनीतिमा सहकार्य गर्दै संवाद जारी राख्ने कुरा भएको थियो।
भेटमा कांग्रेस पार्टी प्रबेशका विषयमा पनि छलफल भएको थियो । तर छलफलको निश्कर्ष भने केही नआएको बुझिएको छ ।
विवेकशील साझाले पाण्डेलाई संयोजकबाट हटाएको बताएको थियो। पछिल्लो समय पाण्डेले विभिन्न दलका नेताहरूसँग भेटवार्ता गरिरहेका छन्।
विवेकशील साझाभित्र पार्टीले लिने विचारबारे अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डे पक्षबीच फरक मत छ।