ओलीलाई झट्का, प्रभु शाहले गरे एमालेको समानान्तर कमिटी गठन
रौतहट – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झट्का लागेको छ । एमाले स्थायी कमिटी सदस्य प्रभु साह पक्षले समानान्तर कमिटी गठन गरेपछि ओलीलाई झट्का लागेको हो ।
ओली पक्षले एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै शाह पक्षले विद्रोह गर्दै समानान्तर कमिटी गठन गरेको हो ।
साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेका छन् । ओली पक्षले निर्वतमान अध्यक्ष तुल्सीराज गिरीलाई अध्यक्ष बनाएपछि शाह पक्षले नयाँ टिम ल्याएको हो ।
शाह पक्षले एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको छ ।
तर, गिरीले शाहले घोषणा गरेको एकलौटी जिल्ला कमिटी अवैध’ भनेका छन्।
‘अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन।
सोमबार दिउँसो ११ बजे गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु’, नयाँ कमिटी घोषणाअघिसम्म अध्यक्ष रहेका गिरीले आह्वान गरेका छन्।
तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिएका छन्।